भारतको राजधानी नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालले प्लाष्टिक सर्जरीसँग सम्बन्धित प्रविधिमा भएको भएका पछिल्ला र उल्लेखनीय प्रगतिबारे जानकारी गराउन यही मे २६ अर्थात् आइतबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरेको छ।
सो सम्मेलनको उद्देश्य भारतमा बढ्दो आम्दानी र प्लाष्टिक सर्जरीप्रति बढ्दो जागरणका कारण कस्मेटिक र सौन्दर्य प्रक्रियाहरूमा देखिएका सम्भावना र अस्पतालले यस क्षेत्रमा गरेका उपलब्धिहरूबारे जानकारी दिइनु रहेको छ।
सो पत्रकार सम्मेलनमा प्लाष्टिक, कस्मेटिक र रिकन्स्ट्रटिभ सर्जरीका वरिष्ठ सल्लाहकार डा.कुलदिप सिंहले यस क्षेत्रका विभिन्न पक्षहरूबारे प्रकाश पारे।
उनले इन्द्रप्रस्थ एपोलो जस्ता प्रतिष्ठित संस्थामा दक्ष विशेषज्ञहरूको बढ्दो मागलाई पूरा गर्न दक्षका लागि अस्पतालले सञ्चालन गरेका विभिन्न प्रशिक्षणसँग सम्बन्धित पहलहरूको बारेमा जानकारी गराए।
बढ्दो माग र पहुँचसँगै डाक्टरहरूको नैतिक, योग्यता केन्द्रित तालिमसँगै उच्च गुणस्तरको उपचार प्रविधि उपलब्ध गराउन अस्पताल तयार रहेको जानकारी दिए।
साथै उनले प्लाष्टिक सर्जरीमा सो अस्पतालले हासिल गरेका उपलब्धिहबारे समेत विस्तृतमा जानकारी दिएका थिए।
विगत एक वर्षदेखि इन्द्रप्रस्थ एपोलो अस्पतालले कस्मेटिक र प्लाष्टिक सर्जरीका केही चुनौतीपूर्ण केसहरूको सामना गरेको छ र ती केसहरूको उच्च गुणस्तरको सुविधासहित सफलता हासिल गरेको बताइएको छ।