टिकटकले सुरक्षित र जिम्मेवार कन्टेन्ट क्रिएसनमा आफ्नो प्रतिबद्धतालाई सुदृढ गर्दै एआई ट्रान्सपरेन्सी र मिडिया लिट्रेसीमा महत्त्वपूर्ण प्रगतिहरूको घोषणा गरेको छ।
कोयलिसन फर कन्टेन्ट प्रोभिनेन्स एण्ड अथेन्टीसिटी (सिटुपिए) सँगको सहकार्यमा विभिन्न प्लेटफर्महरूबाट अपलोड गर्दा अटोमेटिक रूपमा एआई जेनेरेटेड कन्टेन्ट (एआइजिसी) लेबल गर्न कन्टेन्ट क्रिडेन्सियल प्रविधि प्रयोग गर्ने टिकटक पहिलो भिडियो सेयरिङ प्लेटफर्म बनेको छ।
एआइ जेनेरेटेड कन्टेन्टद्वारा उत्पन्न सम्भावित चुनौतीहरू बुझ्दा टिकटकले पारदर्शिता बढाउन बलियो सिस्टम लागू गरेको बताइएको छ।
यस पहलमा टिकटकको स्वामित्वको एआई इफेक्टहरूसँगै एआइजिसीका सबै अटोमेटेड लेबलिङ समावेश छन्। गत वर्षकन्टेन्ट ओरिजिनको स्पष्ट बुझाइलाई बढावा दिँदै टिकटकको इनोभेटिभ लेबलिङ टुल्सबाट ३७ मिलियनभन्दा बढी क्रियटरहरूले लाभ उठाएका छन्।
आफ्नो पारदर्शिताका प्रयासहरूलाई अगाडि बढाउँदै टिकटकले चाँडै नै डाउनलोड हुँदा पनि मेटाडाटा कन्टेन्टसँगै रहने गरी आफ्ना सबै कन्टेन्टहरूमा कन्टेन्ट क्रिडेन्सियलहरू विस्तार गर्नेछ।
यो सुविधाले प्रयोगकर्ता र बाह्य प्लेटफर्महरूलाई कन्टेन्टको प्रामाणिकता पुष्टि गर्न सक्षम बनाउँदै डिजिटल परिदृश्यमा पारदर्शिताको विश्वव्यापी स्ट्याण्डर्डलाई बढावा दिन्छ।
मिडियावाइज र विटनेससँगको साझेदारीमा टिकटकले मिडिया साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले शैक्षिक अभियानहरूको शृंखला सुरू गर्दैछ।
यी पहलहरू वास्तविक र भ्रामक एआई–जेनेरेटेड कन्टेन्टबीचको भिन्नता पहिल्याउँदै अनलाइन जानकारीको आलोचनात्मक मूल्यांकन गर्न प्रयोगकर्ताहरूलाई सशक्त बनाउन डिजाइन गरिएको हो।
वर्षभरी टिकटकले मिडियावाइजसँगको सहकार्यमा युनिभर्सल मिडिया लिट्रेसिस्किललाई बढावा दिनमा केन्द्रित १२ वटा भिडियोहरूको शृंखला जारी गर्नेछ।
मिडियावाइजका निर्देशक एलेक्स महादेवनले साझेदारीले भने, 'सन् २०१९ मा टिकटकमा हाम्रो टिन फ्याक्ट–चेकिङ नेटवर्क सुरू गरेदेखि नै हामीले महत्त्वपूर्ण इन्गेजमेन्ट देखेका छौं। हामी यी नयाँ माध्यमहरू मार्फत् मानिसहरूलाई अनलाइन फिक्शनबाट तथ्य पत्ता लगाउन सशक्त बनाउन आतुर छौं।'
एडब नेतृत्वको कन्टेन्ट प्रमाणिकता इनिसियटिभ (सिएआई) मा सामेल भएर कन्टेन्ट प्रामाणिकतालाई बढावा दिने विद्यमान मापदण्डहरू अपनाउनमा टिकटक अग्र पङ्क्तिमा रहेको दाबी गरिएको छ।
यस सहयोगी प्रयासले प्रयोगकर्ताको अनुभव र विश्वास बढाउँदै टिकटकमा अटो लेबल गरिएको एआइजिसीको मात्रा क्रमशः बढाउने अपेक्षा गरिएको छ।