बाराही हस्पिटालिटी अन्तर्गत काठमाडौंको ठमेलमा रहेको होटल बाराही काठमाडौंको इन्फिनिटी स्वीमिङ पुलमा 'विकेन्ड ब्रञ्च' अफर सुरू भएको छ।
होटलको सातौं तलामा रहेको इन्फिनिटी स्वीमिङ पुलमा शनिबार ग्राहकले छुट पाउनेछन्। छुटअनुसार, शनिबार ग्राहकले करसहित २ हजार ५ सय रुपैयाँमै स्वीमिङ पुल र बफेट ब्रन्चको मज्जा लिन सक्ने होटलका महाप्रबन्धक रोशन सापकोटाले जानकारी दिए। साथै, ग्राहकले सोही प्याकेजमा पुल, बार, स्न्याक्स तथा रेस्टुरेन्ट समेतको मज्जा लिन सक्नेछन्।
यस प्याकेजका लागि ग्राहकले प्रिबुकिङ अर्थात् जानुभन्दा अगाडि नै बुकिङ गर्न आवश्यक हुने सापकोटाले बताए।
काठमाडौंको प्रिमियम लोकेसनमा रहेको यस होटलमा स्वीमिङ पुलमा मज्जा लिँदै अगाडिको नारायणहिटी दरबारको दृश्यावलोकन गर्न पाइने भएकाले पनि आकर्षण बढेको छ।
स्वीमिङ पुलमा बढ्दो आकर्षणलाई ध्यानमा राख्दै सर्वसाधारणका लागि अफरसहित स्वीमिङ पुल खुला गरिएको हो। स्वीमिङ पुल रहेको सातौं तलामा रेस्टुरेन्ट समेत रहेको छ। पुल साइडको टेबलमा बसेर खाना तथा पेयको मज्जा लिन सकिनेछ।
केशरमहलको अगाडि चोकैमा रहेको यस होटलबाट काठमाडौं उपत्यकाको चारैतिरका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ।
वीर शमसेरले बनाएको फोहोरा दरबार, स्वप्न बगैंचा र नारायणहिटी दरबार होटलको आँगनमै भएको अनुभूति हुन्छ। त्यस्तै, घण्टाघर, धरहरा, वसन्तपुर दरबार, ठमेल बजार, स्वयम्भू तथा उत्तरतर्फ शिवपुरीको हरियालीसँगै हिम श्रृंखला देख्न सकिन्छ।