काठमाडौं बर्नहार्ट विद्यालय तथा कलेजले २५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको छ।
काठमाडौंको बल्खुमा रहेको उक्त कलेजले आगामी शैक्षिक सत्र कक्षा ११ मा भर्ना हुनका लागि आउने विद्यार्थीहरूलाई लक्षित गर्दै यस्तो घोषणा गरेको कलेजका प्रबन्ध निर्देशक नवराज अधिकारीले जानकारी दिए।
'कलेज २५ औं वर्षमा प्रवेश गरेको अवसर पारेर कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीहरूलाई लक्षित गरेर हामीले यस्तो योजना बनाएका हाैँ,' अधिकारीले भने।
कक्षा ११ र १२ दुबैमा लागु हुने पूर्ण छात्रवृत्ति योजना प्राप्त गर्नका लागि माध्यमिक शिक्षा (एसइई) परीक्षामा ४ जिपिए अनिवार्य गरिएको छ।
कलेजको यो घोषणासँगै ४ जिपिए ल्याएका पहिला भर्ना हुन आउने २५ जनाले काठमाडौं बर्नहार्ट विद्यालय तथा कलेजमा कक्षा ११ र १२ निःशुल्क अध्ययनको अवसर पाउने छन्।
एसइई परीक्षामा राम्रो अंक प्राप्त गरेर पनि उच्च शिक्षा अध्ययन गर्नबाट बञ्चित विद्यार्थीहरूका लागि यो योजनाले विद्यार्थीहरूको भविष्यलाई साकार बनाउन मद्दत गर्ने क्याम्पस प्रशासनको अपेक्षा छ।
देशैभरी भएका हजारौं प्लस टु कलेजको भीडमा विज्ञान र व्यवस्थापन संकायको अध्यापन गराउँदै आएको यस कलेज २०५७ सालमा स्थापना भएको हो।
विद्यालयले विद्यार्थीहरूको क्षमता अनुसार विद्यार्थी केन्द्रित स्तरीय पठनपाठन गराउँदै आएको बताएकाे छ।