मनास्लु स्कुलले कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि शिक्षा, उद्यमशीलता, र रोजगारलाई एकीकृत गर्ने उद्देश्यले '३ई कार्यक्रम' को सुरूवात गरेको छ।
स्कुलको सभा कक्षमा आयोजना गरिएको कार्यक्रममा लगभग ७०० जना एसइई दिएर बसेका विद्यार्थीहरू उपस्थित थिए।
कार्यक्रम संस्थाका अध्यक्ष हरि प्रसाद भट्टले पानसमा बत्ति बालेर तथा डिजिटल माध्यमबाट समुद्घाटन गरे।
विशेष अतिथि नेपाल राष्ट्र बैंकका निर्देशक राजन विक्रम थापाले 'भविष्यका योग्य युवाहरू तयार गर्न शिक्षामा उद्यमशीलता र रोजगार (३ई)' शीर्षकमा कि नोट प्रस्तुत गरे।
कार्यक्रमको मुख्य आकर्षण उद्योगका प्रमुख नेताहरूको प्यानल छलफल थियो, जसलाई फाइब्रोका सह–संस्थापक र सिइओ सुरज राज पाण्डेले सञ्चालन गरे।
मनास्लु स्कुलका सिइओ नरेश प्रसाद श्रेष्ठले यो कार्यक्रमले विद्यार्थीहरूलाई शैक्षिक ज्ञानसँगै व्यावहारिक सीपहरू विकास गर्न विविध अवसरहरू प्रदान गर्ने बताए।
कार्यक्रममा युवा स्टार्ट–अपहरू र आइसिटी पहलहरूको प्रदर्शनी पनि समावेश थियो। जसले विद्यार्थीहरूको उद्यमशीलता भावना र नवीन परियोजनाहरूको प्रदर्शन गर्यो।
स्कुलको ३ई कार्यक्रमले माध्यमिक शिक्षालाई पुनः परिभाषित गर्दै विद्यार्थीहरूलाई उच्च शिक्षा र रोजगारी बजारका लागि आवश्यक सीपहरू प्रदान गर्ने स्कुलको भनाइ छ।