नेपाल युवा उद्यमी मञ्च काठमाडौंले आफ्नो ६औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न गरेको छ।
याक एन्ड यतिमा निवर्तमान अध्यक्ष प्रार्थना साखःको अध्यक्षतामा साधारण सभा भएको हो। साधारण सभाले अध्यक्षमा अभिमन्यु गोल्छा सहितको कार्यसमिति चयन गरेको छ।
अध्यक्ष साखःको नेतृत्वमा नेपाल युवा उद्यमी मञ्च काठमाडौंले युवा र महिला उद्यमशीलता प्रवर्द्धन गर्न नेपाल युवा उद्यमी मञ्च स्टार्टअप अवार्ड, महिला उद्यमी सम्मान, नेपाल युवा उद्यमी मञ्च जुनियर उद्यमशीलता र विभिन्न नेटवर्किङ कार्यक्रम भएका छन्।
नव–निर्वाचित अध्यक्ष गोल्छा (गोल्छा समूहका कार्यकारी निर्देशक) ले संगठनको उत्कृष्टताको परम्परालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
मञ्चको प्रथम उपाध्यक्ष आप्पा शेर्पा, दोस्रो उपाध्यक्ष अनुभव श्रेष्ठ, कार्यसमिति सदस्यहरू क्षितीज तामाङ, इच्छा मल्ल, निर्दोष द्वा, सौरभ श्रेष्ठ, वेदिका मुरारका, सन्दीप शर्मा, सुरक्षा अधिकारी, सन्तोष पाण्डे, निखिल अग्रवाल निर्वाचित भएका छन्।
नव–निर्वाचित टिमले काठमाडौंको मिशनलाई निरन्तरता दिने र स्थानीय व्यापार वातावरणमा सकारात्मक परिवर्तन ल्याउने प्रतिवद्धता व्यक्त गरे।
नेपाल युवा उद्यमी मञ्च काठमाडौंको लक्ष्य नेपालका युवा र महिलामा उद्यमशीलता, नवीनता, र आर्थिक वृद्धिलाई प्रोत्साहित गर्नु हो।