कोशी प्रदेश सरकारले यो वर्ष प्रदेश लगानी सम्मेलन आयोजना गर्ने भएको छ।
२०७४ मा प्रदेश स्थापना भएयता हरेक वर्ष नीति कार्यक्रममा लगानी सम्मेलन आयोजना गर्ने भनिए पनि हुन सकेको थिएन।
प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते पहिलाेपटक लगानी सम्मेलन गर्ने भएकाे हो।
प्रदेशमा लगानीकाे वातावरण सिर्जना गर्न र काेशी प्रदेशमा ओैधाेगिक वातावरण बनेकाे सन्देश दिन लगानी सम्मेलन गर्न लागेकाे सरकारको भनाइ छ।
आइतबार काेशी प्रदेश सरकारकाे मन्त्रिपरिषद बैठकले यसकाे अवधारणा पारित गर्दै मिति तय गरेकाे हाे। निजी क्षेत्रकाे सहकार्य र समन्वयमा याे सम्मेलन गर्ने तयारी सरकारकाे छ।
काेशी प्रदेश सरकारकाे चालु आर्थिक वर्षकाे नीति तथा कार्यक्रम र बजेटमा पनि लगानी सम्मेलन गर्ने विषय उल्लेख थियाे। साेहीअनुसार याे कार्यक्रमलाई अगाडि बढाइएकाे मुख्यमन्त्री कार्यालयले जनाएकाे छ।
प्रदेश लगानी प्राधिकरणले यसकाे आवश्यक समन्वय, सहजीकरण र लगानीकाे क्षेत्रहरू तय गर्ने छ। प्रदेश सरकारले याे कार्यक्रम सम्पन्न गर्न करिब ३ कराेड बजेट छुट्याएकाे छ। लगानी सम्मेलनमा नेपाल, भारत र तेस्राे मुलुकका समेत लगानीकर्ताहरूलाई आमन्त्रण गरिनेछ।
प्रदेशका सम्भावित आयाेजनाकाे क्षेत्र पहिचान गरि ती क्षेत्रमा लगानी भित्र्याउन प्रदेश सरकारले संघ र स्थानीय तहकाे नीतिगत व्यवस्थालाई सुधार गर्न पहल गर्ने छ।
साथै प्रदेशले गर्नुपर्ने कानून संशाेधन तत्कालै गर्ने तयारी सरकारकाे छ। पिपिपी माेडेलकाे लगानी अवधारणालाई आत्मसात गर्दै निजी क्षेत्रलाई प्रदेश विकासमा अधिकतम रूपमा संलग्न गराउने लक्ष्यका साथ लगानी सम्मेलन आयाेजना गर्न लागिएको मुख्यमन्त्रीका आर्थिक सल्लाहकार माेहन सुवेदीले जानकारी दिए।