नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्याङजा जिल्ला उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्ब रूपैयाँको लगानी कम्पनी स्थापना भएको र त्यसले काम सुरु गरिसकेको जानकारी गराउँदै स्वदेशी लगानीबाट पनि सकारात्मक सन्देश प्रवाह गर्न सकिने बताए।
‘जिल्ला जिल्लाका व्यावसायी साथीहरु लगानीका लागि अवसर खोजिरहनु भएको छ त्यसलाई एकिकृत गर्ने हो भने पूँजिको कुनै समस्या हुँदैन,’ उनले भने ‘यतिबेला बैकमा निक्षेप पर्याप्त छ, व्याजदर निकै घटेको छ।यस्तो बेला नेपालमा नै लगानीको अवसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ।’
उनले यो डेढ बर्षको अवधिमा लगानी प्रवर्धनका लागि देश भित्र र बाहिर आफूहरुले निरन्तर अभियान संञ्चालन गरेको जानकारी गराउँदै आफुहरुकै पहलमा सरकारले लगानी मैत्री बातावरण बनाउन ८ वटा कानून शंशोधन गरेको जानकारी गराए।