नेपालको राष्ट्रिय महिला फुटबल टोलीको आधिकारिक प्रायाेजक रहेको युनिलिभर नेपालले आफ्नो पर्सनल केयर ब्रान्ड, डोभमार्फत एन्फा कार्यालयमा टोलीका २७ खेलाडी तथा अधिकारीहरूलाई विशेष ट्राभल किट हस्तान्तरण गरेको छ ।
खेलाडीहरूको सफलता लागि समर्थन गर्दै आएको युनिलिभरले परम्परागत प्रायाेजनभन्दा दर्शकहरूसँग भावनात्मक सम्बन्ध कायम गर्दै सकारात्मक सामाजिक परिवर्तन ल्याउने आशा राखेको छ।
राष्ट्रिय महिला फुटबल टोलीसँगको यस सहकार्यले महिलाहरूमा सशक्तिकरण र आत्मविश्वास बढाउन सहयोग पुग्ने युनिलिभरको अपेक्षा छ।