नेपाल लाइफ इन्सुरेन्स कम्पनीले सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष गोविन्द लाल संघई, संचालक कमलेश कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त रकमको चेक अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरे।
जेनजी प्रदर्शनका क्रममा सार्वजनिक संरचनामा परेको क्षतिपछिको पुनर्निर्माण तथा राहत कार्यका लागि यो सहयोग गरिएको कम्पनीले जनाएको छ।
अध्यक्ष संघईले सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल लाइफ यसप्रकारको सहयोगमा अघि रहने प्रतिबद्धता व्यक्त गरे।
अर्थमन्त्री खनालले सहयोगका लागि धन्यवाद दिँदै पूर्वाधार पुनर्निर्माणमा यसले महत्वपूर्ण योगदान पुर्याउँने विश्वास व्यक्त गरे।