विभिन्न जातीका चराचुरुंगी र सिमसार क्षेत्र अवलोकन गर्न चाहने व्यक्तिहरूको लागि आकर्षक गन्तव्य हो बाटुली पोखरी।
यो चितवन, भरतपुर महानगरपालिकाको वडा नम्बर १३ मा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ।
नेचर गाइड गजेन्द्र पोखरेलका अनुसार नेपालमा 'घुँगीफोर' भनिने 'एसियन ओपन बिल स्ट्रक' नामका चराले यो पोखरीलाई बासस्थानका रूपमा अपनाउन थालेको केही वर्ष भयो।
यो पोखरी प्रकृतिसँग रमाउने पर्यटकको लागि आकर्षण गन्तव्यको रूपमा चिनिन थालेको छ।
पोखरीभित्र रहेका प्रायजसो सुकेका सालका रूखमा अहिले यी चरा देख्न सकिन्छ। यहाँ बाटुली पोखरीसम्मको लेकसाइड सर्किट अवलोकन गर्न सकिन्छ।
काठको डुंगा चढेर पोखरी अवलोकन गर्न पर्यटकहरू आकर्षित हुने चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधिहरू बताउँछन्।
विशेषगरी साँझपख चराचुरुंगीको चिरबिर आवाजसँगै पोखरीमा बोटिङको आनन्द लिन सकिन्छ।
हेर्नुस् तस्बिरहरू :