इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा आक्रमण गरेपछि नेपालका उडानहरू समेत प्रभावित भएका छन्।
गएराति इरानले कतारमा रहेका सैन्य अड्डामा मिसाइल प्रहार गरेको थियो। त्यसपछि कतारले अस्थायी रूपमा हवाइ क्षेत्र बन्द गरेको थियो।
जसकारण नेपालबाट कतार, दोहा उड्ने उडानहरू रद्द भएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक एवं प्रवक्ता रिन्जी शेर्पाले हिजो बेलुका र आज बिहानको कतार, दोहा उडान बन्द भएकाे बताए।
‘नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्सका उडान थिए, ती रद्द भए,’ उनले भने, ‘आज बिहान दोहाबाट काठमाडौं आउने कतार एयरलाइन्सको उडान पनि रद्द भएको छ।’
उडान रद्द भएपछि यात्रुहरू रातभरि विमानस्थलमै बसेका थिए।
यात्रुहरूको उडान कहिले हुन्छ भन्ने टुंगो नलागेको र एयरलाइन्सले समेत सम्पर्क नगरेको गुनासो उनीहरूको छ।
नेपाल एयरलाइन्सले मंगलबार बिहान एक सूचना जारी गर्दै काठमाडौंबाट दोहा जाने आरए २३९/२४० उडान रद्द भएको बतायो। उक्त उडान मंगलबार मध्याह्न १२ बजे हुने बताएको छ।
‘उक्त उडान आज दिउँसो १२:०० बजे सञ्चालन हुने भएकोछ । यात्रुहरूलाई समयमै विमानस्थलमा उपस्थित हुनुहुन अनुरोध छ। यसबाट यात्रुलाई पर्नगएको असुविधाप्रति निगम परिवार क्षमायाचना गर्दछ,’ सूचनामा भनिएको छ।
हिमालयन एयरलाइन्सको उडान पनि मिलाउने प्रयास भइरहेको प्रवक्ता शेर्पाले बताए।
तस्बिर: नेपाल फोटो लाइब्रेरी
-1750740473.jpeg)
-1750740472.jpeg)
-1750740472.jpeg)
-1750740471.jpeg)
-1750740471.jpeg)
-1750740469.jpeg)
-1750740469.jpeg)
-1750740468.jpeg)
-1750740466.jpeg)
-1750740467.jpeg)
-1750740467.jpeg)
-1750740468.jpeg)
-1750740466.jpeg)
-1750740465.jpeg)
-1750740465.jpeg)
-1750740463.jpeg)
-1750740464.jpeg)
-1750740464.jpeg)
-1750740464.jpeg)