Setopati साहित्यपाटी
Subscribe Setopati
सोमबार, असार २, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

बा!

रूपा थापा

रूपा थापा

रुपा थापा।
रुपा थापा।

के थियो बाका ती सुस्केराहरूमा
जुन सुस्केराहरूले कालो बादल बनेर
बाका आँखाहरू मडारिन्थ्यो
फेरि पनि किन बाका आँखाहरू
ती काला बादलहरूसँग मडारिएर
बर्सिन सक्दैन थियो साउने झरी बनेर

बाका मुटुहरूलाई ऐंठन हुँदा
किन बाका मुटुहरूले
ती ऐंठनहरूलाई बाँड्न सक्दैन थियो
किन मेरो र बाको मुटु उस्तै भएर पनि
ऐंठन भने बाको मुटुलाई मात्र हुन्थ्यो!

माघको त्यो झरीमा के बाको शरीरलाई
चिसो लाग्दैन थियो र!
यदि बाको शरीरलाई पनि चिसो लाग्थ्यो भने
किन न्यानो ओढ्ने मेरो शरीरमा ल्याएर खापिदिन्थे!

साँच्चि बाका खुट्टाहरूमा त्यस्ता के थिए
सधैं नयाँ लाग्ने गर्थे बालाई
बाका उही पुराना जुत्ताहरू

आजकाल मलाई लाग्छ
बा हजारौं हजार किलोमिटर गुुडेर खिइएपछि
थन्काइएका गाडीका रबरका पाङ्ग्राहरू हुन्

कहिले काहीँ लाग्छ
बा रेडियोबाट एक्लै भुत्भुताइरहेका
त्यही आवाजहरू हुन्
जुन आजकाल मलाई सुन्दा सुन्दा झर्को लाग्छ

वर्षाको समयमा झरी भरि
साथ दिन्जेल ओढेको छाता
जब भाँचियो कसैको हातबाट
त्यही हातबाट छुटेर एक्लिएको छाता झैं 
लाग्छन आजकाल बा मलाई

जीवन भर जोतिँदा जोतिँदा
अब ती काँधहरूले हलो जुवा नार्न नसकेपछि
त्यही बुढो गोरु झैं विवश भएर
मालिकको आँखामा टुलु टुल हेरिरहेझैं लाग्छ
बाका ती धमिलो आँखाहरूले आजकाल मलाई

कहिले काहीँ लाग्छ
बा कसैको ओठबाट बजेका
मुरलीका ती सुरिलो धुन हुन्
तर आजकाल त्यो मुरलीबाट
सुरिलो धुन निस्कन छाडेपछि
त्यही मुरली झैं मिल्काइएका छन् बा
र छुटेका छन् आफ्नैका हातहरूबाट

बाका कलेजोहरू आजकाल मलाई
चुरोटका ठुटाहरू निभाउँदा निभाउँदै
जलिसकेका त्यही थोत्रो एस्ट्रे झैं लाग्छ
अनि रस निचोरेर फालिएका
त्यही कागती झैं लाग्छ

जिन्दगीभर बोकेको भारीसँग आफैंलाई रित्याएर
साँच्चि यति निरिह किन बन्छन् बा
जसरी टाङा तान्न नसकेपछि छाडिन्छ
बेवारिसे बनाइ त्यो बुढो घोडालाई
कहिले काहीँ लाग्छ बा त्यही बुढो घोडा हुन्
जो आजकाल कसैको काम आउँदैनन्

बा त्यही माझी हुन्
जो सन्तानलाई गन्तव्यमा पुर्याएर
आफू चाहिँ त्यही किनारामा फर्किन्छन् र
फेरि फेरि त्यही डुङ्गा खियाइनै रहन्छन्
तर डुङ्गा खियाउन नसकेपछि
आजकाल बाका हातहरू मलाई
आफैसँग हार खाएर एक्लो भएको त्यही बुढो माझी झैं लाग्छ

आजकाल बाका पाइलाहरू मलाई
विस्तारै विस्तारै आफ्नै घरको
मूल बाटोबाट हराउँदै गएको
रहस्यमयी हिममानवका पाइला झैं लाग्छ
जहाँ बाले सधैं सधैं सम्झेर खोजिरहे आफ्ना पाइलाहरूलाई
तर बाका ती पाइलाहरूलाई सम्झेर
फेरि फेरि फर्केर बालाई सोध्न आउने भने कोही भएनन्।

प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १७:५७
सिफारिस
एमालेनिकट कानुन व्यवसायीहरूको अध्यक्षमा अमर थापा निर्वाचित, कुन पदमा को जिते? (सूची)
एमालेनिकट कानुन व्यवसायीहरूको अध्यक्षमा अमर थापा निर्वाचित, कुन पदमा को जिते? (सूची)
अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्राको विनिमयदर कति छ?
अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्राको विनिमयदर कति छ?
यस्तो छ सातै प्रदेशको बजेट
यस्तो छ सातै प्रदेशको बजेट
बागमती प्रदेशको बजेट ६७ अर्ब ४७ करोड, भौतिक पूर्वाधारमा सबभन्दा बढी
बागमती प्रदेशको बजेट ६७ अर्ब ४७ करोड, भौतिक पूर्वाधारमा सबभन्दा बढी
माओवादी पोखरा नगर कमिटीमा वर्षमान प्यानल निर्वाचित
माओवादी पोखरा नगर कमिटीमा वर्षमान प्यानल निर्वाचित
युद्ध चलिरहँदा ७ दिनदेखि इसराइलमा छन् विराटनगरका मेयर, भन्छन्– बंकरमा लुक्दै बसेको छु
युद्ध चलिरहँदा ७ दिनदेखि इसराइलमा छन् विराटनगरका मेयर, भन्छन्– बंकरमा लुक्दै बसेको छु
मधेस प्रदेशको बजेट ४६ अर्ब ५८ करोड, भौतिक पूर्वाधारमा १५ अर्ब ८८ करोड
मधेस प्रदेशको बजेट ४६ अर्ब ५८ करोड, भौतिक पूर्वाधारमा १५ अर्ब ८८ करोड
एमालेमा प्रकाश र सुमनले फर्काएको लोकतन्त्र
एमालेमा प्रकाश र सुमनले फर्काएको लोकतन्त्र
भारतको गुजरात जहाज दुर्घटनामा संयोगले बाँचेको जोडी
भारतको गुजरात जहाज दुर्घटनामा संयोगले बाँचेको जोडी
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

बिर्सन नसकिने भेट!
भेडाको ऊन जस्तै जिन्दगी!
चेपागाँडा
त्यागिएको सपना
सायद अर्को सालको बजेटमा हामी पर्नेछौं!
भिजिट भिसा!

विचार

प्रविज्ञ रेग्मी
कस्ता शिक्षक हाम्रो सम्झनामा रहन्छन्? प्रविज्ञ रेग्मी
रविप्रसाद बराल
विद्यालय संस्कृति के हो, किन चाहिन्छ? रविप्रसाद बराल
सम्पादकीय
दिलभूषणलाई साइबर ब्युरो होइन, अदालतमा उभ्याऊ! सम्पादकीय
यादव भट्टराई
के घरजग्गा व्यवसायीलाई करको दायरामा ल्याउन सकिँदैन? यादव भट्टराई

ब्लग

आरती लम्साल
प्रदर्शनीको भित्तामा महसुस गरेको अपराधबोध आरती लम्साल
अनिता कोइराला
छोराको बिहे पो हो त! अनिता कोइराला
खेम गैह्रे
सडक आयो तर गाउँ रित्तियो! खेम गैह्रे
मेघराज शंकर
माटोको माया हराएपछिको गाउँ मेघराज शंकर

साहित्यपाटी

अमृत बेल्बासे
बिर्सन नसकिने भेट! अमृत बेल्बासे
मधु भण्डारी
भेडाको ऊन जस्तै जिन्दगी! मधु भण्डारी
कैलाश घिमिरे
चेपागाँडा कैलाश घिमिरे
नारायण कोइराला
त्यागिएको सपना नारायण कोइराला

केटाकेटीका कुरा

दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल
अर्थमा पाण्डे
आमा! अर्थमा पाण्डे
समाज पाण्डे
मेरो गाउँको सुन्दर घर! समाज पाण्डे

पाठक विचार

चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली
विदुर दाहाल
आगामी बजेटमा स्वास्थ्य बिमाको दायरा बढाई बिमा कार्यक्रम प्रभावकारी बनाऊ सरकार! विदुर दाहाल

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP