नेकपा एमाले पहिलो कमिटी बैठक केही बेरमा बस्दैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले समापन कार्यक्रमपछि केही बेरका लागि केन्द्रीय कमिटी बैठक बस्ने बताए।
दसौं महाधिवेशनको बन्दसत्र बिट मार्ने क्रममा ओलीले केन्द्रीय कमिटीका नवनिर्वाचित सदस्य केहीबेर रोकिन समेत आग्रह गरे।
‘हतार-हतार घरतिर नकुदौं। एकछिन बैठकमा बस्नुहोला,’ उनले भने।
उनले १५ मिनेट जति केन्द्रीय कमिटी बस्ने बताए।
यसका साथै मंसिर २५ र २६ गते केन्द्रीय कमिटीको बैठक बस्ने उनले जानकारी दिए।