यही भदौ २३ गते सुशीला ढकालले निजामती सेवा पुरस्कार पाइन्। जन्मदै दुवै हात नभएकी सुशीला देशभरका १ लाख निजामती कर्मचारीबाट यस वर्ष छानिएका ४० उत्कृष्टको सूचीमा पर्न सफल भइन्।
स्याङ्जामा जन्मिएकी सुशीला आन्तरिक राजस्व कार्यालयमा नायब सुब्बा छिन्। उनी हाल ठूला करदाता कार्यालयमा कार्यरत छिन्। सुशीला निजामती सेवा प्रवेशको दस वर्ष बितेको छ।
हात नभए पनि उनी सबै काम खुट्टाले नै फत्ते गर्छिन्। फोन उठाउने देखि कम्युटर चलाउने र लेख्ने पढ्ने सबै काममा उनको खुट्टा प्रयोग हुन्छ। २०६२/६३ को आन्दोलनपछि अपांगता क्षेत्रलाई मिलेको आरक्षणले उनलाई सरकारी सेवाको ढोका खोलिदियो।
स्नातकोत्तर पास गरेकी सुशीला निजामती सेवामा सचिवसम्म बन्न चाहन्छिन्।
यो पनि हेर्नुहोस्