आइसिसी च्याम्पियन्स ट्रफीमा भारतबाट १ सय २४ रनले पराजय भोगेपछि पाकिस्तानका पूर्व स्टार क्रिकेटर इमरान खान दुःखी देखिएका छन्। सन् १९९२ मा पाकिस्तानलाई विश्व कपको उपाधि दिलाएका इमरानले टुविटमार्फत आफ्नो दुःख व्यक्त गरेका छन्।
क्रिकेटबाट सन्यास लिएपछि राजनीतिमा होम्मिएका इमरानले ट्विटरमा पोस्ट गरेका छन्, ‘खेलाडीको रुपमा म बुझन सक्छु हार र जित खेलको अभिन्न अंग हो। तर, प्रतिस्पर्धा नै नगरि भारतबाट भोगेको पराजयबाट म निकै दुःखी छु।’
उनले भारतीय क्रिकेटको तुलनामा पाकिस्तानी क्रिकेटको स्तर तल झर्दै गइरहेकोमा चिन्ता व्यक्त गरे। उनले यसको पहिचान गर्नु पर्ने बताए। ‘जबसम्म हामीले घरेलु लिगको ढाँचामा सुधार गर्दैनौ भारतसँगको अन्तर देखि रहने छ। भारतीय टिम अगाडि बढिरहन्छ र पाकिस्तानी प्रतिभा पछाडि हुनेछ,’ उनले भने।
उनले निर्वाचनको प्रक्रियाबाट जबसम्म पाकिस्तानी क्रिकेट बोर्डको अध्यक्षको चयन हुँदैन तब सम्म यस्तो समस्या आइरहने बताए।