विश्व कप छनोटको तयारीको रूपमा भारतसँग खेलको मैत्रीपूर्ण खेलमा नेपाल २–० ले पराजित भएको छ। मुम्बईको अन्धेरीमा हालै सम्पन्न खेलमा भारतले दोस्रो हाफमा २ गोल गर्दै नेपाललाई सहजै पराजित गर्यो।
कप्तान विराज महर्जनले ७३ मिनेटमा रातो कार्ड पाएपछि अन्तिम १७ मिनेटको खेल नेपालले १० खेलाडीमा सिमित भएर खेलेको थियो। पहिलो हाफको खेल गोलरहित बराबरीमा खेलेको नेपालविरुद्ध ६१ मिनेटमा सन्देश झिन्गानले गोल गरेका थिए। कप्तान विराज रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि ५ मिनेट भित्र नेपालले अर्को गोल खाएको थियो। दोस्रो गोल ७८ मिनेटमा जेजे लालपेखलुवाले गरे।
नेपाली स्ट्राइकर नवयुग श्रेष्ठले पहिलो हाफको खेल सकिन लाग्दा गोलको अवसर पाएका थिए। तर, उनी गोल गर्नबाट चुके।