नेपाल बंगलादेश बैंकको हाल जारी भएका एससिटी तथा भिसा अन्तर्गतका सम्पूर्ण कार्डहरु असार १ देखि नचल्ने भएका छन्।
एटिएम लगायत सम्पूर्ण डेबिट कार्डहरुलाई परिमार्जित गरी सेवा दिने उद्देश्यले बैंकले हाल कायम रहेको स्वीचलाई परिवर्तन गरी नेप्स संजालमार्फत कार्डसम्वन्धी कारोबार गर्ने भएकाले पुराना कार्डहरु असार १ देखि नचल्ने बैंकले जनाएको छ।
यसका लागि सम्पूर्ण कार्डहोल्डरलाई खाता भएको सम्वन्धित शाखामा सम्पर्क राखी नयाँ कार्ड निशुल्क लिन बैंकले आग्रह गरेको छ।