निर्वाचन आयोगले प्रदेश नम्बर १, ५ र ७ का स्थानीय तह निर्वाचनका लागि असार ४ गते उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको छ।
त्यस्तै, असार ६ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। प्रदेश नम्बर २ का हकमा भने निर्वाचन कार्यक्रम तोकिएको छैन।
मन्त्रिपरिषदको बिहीबारको निर्णयअनुसार निर्वाचन आयोगले यो संशोधित कार्यक्रम लागू गरेको हो।
मन्त्रिपरिषदको बिहीबारको बैठकले दोस्रो चरणमा परेकामध्ये दुई नम्बर प्रदेशको निर्वाचन पूर्वनिर्धारित असार १४ को सट्टा असोज २ गते गर्ने निर्णय गरेको थियो। बाँकी तीन प्रदेशको निर्वाचन भने असार १४ गते नै हुनेछ।
यी तीन प्रदेशका लागि मनोनयन दर्ता गर्न आयोगबाट असार २ गते तोकिएकोमा त्यसको सट्टा असार ४ गते तोक्न पनि मन्त्रिपरिषदले आयोगसँग अनुरोध गरेको थियो।