जनकपुरमा बन्द आव्हान गर्दै हिडेका राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। राजपाका नेता/कार्यकर्ताले जिल्ला बन्द आह्वान गर्दै होहल्ला गरेपछि झडप भएको हो । झडपका क्रममा केही राजपाका नेता/कार्यकर्ताहरु घाइते भएका छन्।
पाँच जनाको अस्पतालमा उपचार भइरहेको छ । राजपा धनुषा जिल्ला अध्यक्ष परमेश्वर शाहसहित २५ जना नेता कार्यकर्ता पक्राउ परेका छन्।