नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीतिका तर्जुमाको लागि सोमबारबाट सुझाव संकलन गर्न थालेको छ ।
सोमबार काठमाडौमा अन्तरक्रिया कार्यक्रम गर्दै बैंकले लामो समय पछि बढेको आर्थिक वृद्धिदरलाई कायम राख्न अबलम्बन गर्नुपर्ने नीतिहरुका बारेमा सुझाव मागेको थियो।
कार्यक्रममा सहभागी बैंकर उद्योगी ब्यवसायीले पछिल्लो समय बजार नियन्त्रण गर्न लगाईएको व्यवस्थाले ब्यबसाय अप्ठेरोमा परेको भन्दै पुनर्विचार गर्न आग्रह गरेका थिए ।
उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सुन आयात माथि लागाइएको नियम हटाउदै ब्यबस्थापन गर्न छुटै निकाय गठन गर्न माग गरे।
यस्तै ब्यबसायी सौरभ ज्योतिले जल बिद्युतमा प्रवाह भएको ऋणको ब्याजदरलाई स्थिर राख्न माग गरे।
ब्यबसायी ज्योतिले बैकिंग प्रणालीमा ऋण लिदा चलायमान ब्याज प्रणाली वा स्थिर ब्याज प्रणालीमा मध्य एक रोज्न दिनु पर्ने पनि माग गर्नु भयो ।
कार्यक्रममा सहभागीहरुले बिमा र बैंकको धितो मुल्यांकन प्रणाली फरक परेकोले कर्जा असुली र बिमाको सोध भर्नामा कठिनाई परेको बताएका थिए ।