नवलपरासीको प्रतापपुर गाउँपालिकामा चारजना सदस्य निर्विरोध निर्वाचित भएका छन्।
प्रतापपुर गाउँपालिकाको वडा नं ६ बाट दुईजना खुला सदस्य, एक महिला सदस्य र एक जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत माधवप्रसाद ढुङ्गानाले बताए।
मनोनयनका क्रमका नेपाली काँग्रेसका तर्फबाट मात्र उम्मेदवारी भएपछि चारजना सदस्य निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
वडा सदस्यमा नगिना राजलाल राजभर र राजेन्द्र तेली तथा महिला सदस्यमा साहिदुन नेसा र दलित महिला सदस्यको पदमा प्रभावती चमार निर्विरोध निर्वाचित भएको अधिकृत ढुङ्गानाले बताए। रासस