विवेकशील नेपाली दल कञ्चनपुरले सुदूरपश्चिम क्षेत्र बैतडी, कैलाली र कञ्चनपुर जिल्लामा स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएको छ।
विवेकशील दलले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा प्रमुख पदमा अर्जुनसिंह धामी र वडा नं ११ अध्यक्षमा दिलबहादुर साउदलाई चुनावी मैदानमा उतारेको छ।
बैतडीको पाटन नगरपालिकाको प्रमुख पदको उम्मेदवारका रुपमा भरतराज पन्त छन्। कैलालीको लम्की चुहा नगरपालिकाबाट उपप्रमुख पदको उम्मेदवारमा टेकराज कठायत छन्।
भ्रष्टाचार नियन्त्रण र पारदर्शितालाई व्यवहारमा लागू गर्ने, ब्लड बैंकको स्थापना गर्ने, भूमिसुधार र अधिकार, स्वास्थ्य क्षेत्रमा समान र सहज पहुँच, लागुऔषध नियन्त्रण, विद्युत् प्रसारणलाई व्यवस्थापन र क्षमता वृद्धि, शैक्षिक, कृषि क्षेत्रको विकास तथा विस्तारलाई अगाडि बढाउने एजेन्डा अघि सारिएको दलका केन्द्रीय सदस्य हरिशप्रसाद भट्टले बताए। रासस