नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले जनतामा चुनावप्रतिको व्यापक उत्साह रहेकाले तेस्रो चरणको निर्वाचन पनि तत्काल गर्नुपर्ने बताएका छन्।
सूर्योदय नगरपालिकास्थित कन्याममा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता खनालले सरकारको कमजोरीका कारणले चुनाव सरेको आरोप लगाए।
खनालले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विचार व्यक्त गरे। एमालेले नेतृत्व सम्हालेपछि मुलुकको स्वतन्त्रता र सार्वभौमसत्ता, लोकतन्त्रको संस्थागत विकास, सामाजिक–आर्थिक रूपान्तरण, संस्कृतिको जगेर्ना र सन्तुलित विदेश नीति लिएर एमाले अघि बढ्ने उनको भनाइ छ।
नेता खनालले इलामको पर्यटकीयस्थल, सम्भावनायुक्त र आर्थिक समृद्धि हुने क्षेत्र भएकाले पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए। रासस