गृहमन्त्री जनार्दन शर्माले प्रहरी संगठन भित्र गुटवन्दी निषेध गर्ने घोषणा गरेका छन्। गृहमन्त्रालयद्धारा प्रशासन सुधार सम्बन्धी कार्ययोजना सार्वजनिक गर्न आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री शर्माले चेन अफ कमाण्ड तोडेर भ्रामक सूचना सम्प्रेषण गर्नेलाई कारबाही गर्ने चेतावनीसमेत दिए।
चेन अफ कमाण्ड र कमाण्ड कन्ट्रोललाई पनि व्यवस्थित र प्रभावकारी बनाउने यस्तो गर्न लागिएको शर्माले बताए।
प्रहरीलाई घरेलु कामदारका रुपमा दुरुपयोग रोक्ने, लामो समय बढुवा नहुने र पदसोपान नमिलाउने व्यवस्था हटाउने, भौगोलिक विकटताका आधारमा रासन सुविधामा फरक हुने, प्रहरी संगठनका प्रमुखहरुको कार्यसम्पादनमा करार गर्ने र बृत्ति विकासलाई कार्यसम्पादनको आधार बनाउने घोषणासमेत गृहमन्त्री शर्माले गरेका छन्।
आगामी पाँच वर्ष भित्र एक व्यक्ति एक परिचय रहने गरी राष्ट्रिय परिचयपत्र सबैलाई उपलब्ध गराउने पनि गृहमन्त्री शर्माले घोषणा गरे।
अंग भंग भएकाहरुको स्वास्थ्य सेवा र सम्मानजनक अवकाशको व्यवस्था मिलाउने, गुनासो सुनुवाई गर्न टोल फ्रि नम्बर राख्ने, प्राप्त भएका गुनासाहरुलाई छानवीन गरी कार्वाही गर्ने, अवरुद्ध राजमार्गहरुलाई आधा घण्टा भित्र बल प्रयोग गरी खुलाउने,विरोध प्रदर्शन गर्ने निश्चित क्षेत्र तोक्ने, छाप्रोमा रहेका प्रहरी कार्यालय र आवासलाई व्यारेकमा बदल्ने,बैदेशिक रोजगारीमा ठकिने र बेचिने कार्य रोक्न दुतावासहरुमा प्रहरी सहचारीको खटाउने,१० मिनेट भित्र प्रहरी घटनास्थलमा पुग्ने व्यवस्था मिलाउने,अवकाश प्राप्त प्रहरी अधिकारीहरुको पेन्सन सम्बन्धित जिल्लाबाट पाउने व्यवस्थामिलाउने घोषणा पनि गृहमन्त्री शर्माले गरे।
विपद जनसेवा व्यूरो गठन गर्ने,सात वटै प्रदेशमा आवश्यक सामग्री भण्डारण गृह बनाउने,उपकरणसहित बिशेष टोली तयारी अवस्थामा राखिने पनि उनले बताए।
https://www.youtube.com/watch?v=Znw3XiEK22c&feature=youtu.be