पथरीशनिश्चरे नगरपालिका–२ मा शुक्रबार साँझ चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँकी ३० वर्षीया अमृता बाँस्कोटा छिन्। आफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर गम्भीर घाइते उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटामै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए। रासस