नेकपा एमाले नेता शंकर पोखरेल प्रदेश संसदका लागि नेकपा एमाले संसदीय दलको नेता छानिएका छन्। ५ नम्बर प्रदेशमा आइतबार पद तथा गोपनियताको सपथ लिएपछि बसेको प्रदेशसभा संसदीय दलको प्रथम बैठकले पोखरेललाई संसदीय दलको नेता छानेको हो।
नेता चयन पछि पोखरेलले प्रदेश नम्बर ५ को स्याथी मुकाम सहमतीमै टुंगिने बताएका छन्। अस्थायी केन्द्र बुटवल भए पनि स्थायी केन्द्र सहमतीकै दाङमा हुने बताए।
समग्र ५ नम्बर प्रदेशको केन्द्रबिन्दु रहेको दाङको विकल्प हुनैनसक्ने उनले बताए।
यसैबीच कार्यक्रममा विष्णु पौडेलले पोखरेललाई ५ नम्बर प्रदेशको मुख्य मन्त्रीसमेत बताएका छन्।