नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दाङमा क्षेत्रीय पार्टी कार्यालयको शिलन्यास गरेका छन् ।
मंगलवार बेलुका दाङ आएका सभापति देउवाले दाङको निर्वाचन क्षेत्र नं. १ मा काँग्रेसले निर्माण गर्न लागेको क्षेत्रीय पार्टी कार्यालयको शिलन्यास गरेका हुन् ।
लमही नगरपालिकाको रातो डाँडामा निर्माण गर्न लागिएको क्षेत्रीय पार्टी कार्यालय तीन तलाको निर्माण गरिने दाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले जानकारी दिए ।
दुई वर्ष भित्रमा निर्माण गरि सक्ने भनिएको क्षेत्रीय पार्टी कार्यालय निर्माण गर्न झन्डै १५ लाख रुपैंया खर्च लाग्ने अनुमान गरिएको क्षेत्रीय सभापति पाण्डेले बताए ।
रातो डाँडामा काँग्रेसको क्षेत्रीय पार्टी कार्यालय निर्माण गर्ने जग्गा भने लमही नगर बिकास समितिले उपलब्ध गराएको हो । विकास समितिले दिएको तीन कठ्ठाको क्षेत्रफलमा पार्टी कार्यालय निर्माण गर्न लागिएको छ ।
कार्यक्रममा स्वर्गीय नेता खुमबहादुर खड्काको धर्मपत्नि तथा काँग्रेस केन्द्रीय शिला खड्का, केन्द्रीय सदस्य पार्वती डिसी चौधरी, सांसद बिमला नेपाली, लगाएतका नेता कार्यकर्ताको सहभागिता थियो ।
सभापति देउवाले बुधवार दिउँसो लमहीमा नेता कार्यकर्तालाई सम्वोधन गर्ने कार्यक्रम पनि रहेको छ ।