सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ६ महानगरसहित ८३ ठाउँमा जिल्ला इञ्चार्ज बनाउँदा दस ठाउँमा महिलालाई नेतृत्व दिएको छ।
जिल्ला इञ्चार्जको जिम्मेवारी पाउनेमा तेह्रथुममा जयन्ती राई, रसुवामा विमला सुवेदी, दोलखामा देवी खड्का, काठमाडौंमा सावित्रा भुषाल, स्याङ्जामा पद्मा अर्याल, बाग्लुङमा वलावती शर्मा, मुस्ताङमा श्रीमाया थकाली र कैलालीमा रुपा चौधरी रहेका छन्।
यस्तै, नेकपाले भरतपुर महानगरपालिकाको इञ्चार्जमा रेणु दाहाल र ललितपुर महानगरपालिकाको इञ्चार्जमा सुशीला नेपाललाई छनोट गरेको छ।
आइतबार सार्वजनिक जिल्ला इञ्चार्जहरूको सूचीअनुसार यो सहभागिता करिब ११ प्रतिशत हो। राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा दलका सबै तहका समितिमा समावेशी र समानुपातिक सिद्धान्तको आधारमा प्रतिनिधित्व गराउने व्यवस्था भएता पनि नेकपाले सो व्यवस्थाको अघिल्ला कमिटी गठनमा जस्तै यसपालि पनि वेवास्ता गरेको छ।
यद्यपी जिल्लाका सह-इञ्चार्जमा महिला सहभागी गराउने सन्दर्भमा भने नेकपा यसपालि केही उदार देखिएको छ।
नेकपाको सार्वजनिक सूचीअनुसार झापामा धर्मशिला चापागाईं , सुनसरीमा रामकुमारी चौधरी,खोटाङमा दुर्गा जयन्ती राई र समिता कार्की, उदयपुरमा मन्जुकुमारी चौधरी, सिराहमा रामरतीदेवी राम र सीता पोखरेल,धनुषामा जुलीकुमारी महतो र बोधमाया कुमारी यादव सह-इञ्चार्ज भएका छन्।
यस्तै, सर्लाहीमा कमलादेवी महतो रौतहटमा कल्याणी कुमारी खड्का र सरला कुमारी यादव, बारामा ज्वाला कुमारी साह,चितवनमा गंगाकुमारी बेलबासे र ज्ञानु बस्नेत सुवेदी छनोट भएका छन्।
यस्तै, नेकपाले मकवानपुरमा कुमारी मोक्तान, दोलखामा रचना खड्का,सिन्धुलीमा उमादेवी कोइराला, काठमाडौंमा अञ्जना विसंखे र पार्वती थापा, गोरखामा सुशीला सिंखडा, तनहुँमा आशा कोइराला, स्याङ्जामा सीता सुन्दास, कास्कीमा सीता गिरी र शारदा सुवेदी, बाग्लुङमा मनाकुमारी जिसी केसी, कपिलवस्तुमा विमला घिमिरे, अर्घाखाँचीमा सुशीला श्रीपाईली ठकुरी, दाङमा दामाकुमारी शर्मा, नारायणी शर्मा र शान्ता चौधरी, रुकुम (पूर्व)मा कमला रोक्का रोल्पामा ताराकुमारी घर्ती, बाँकेमा पूर्णकुमारी सुवेदी, बैतडीमा रेणु चन्द, डडेल्धुरामा निरादेवी जैरु, कञ्चनपुरमा निरुदेवी पाल, कैलालीमा लिलाकुमारी भण्डारी र डोटीमा गौरी ओली सह-इञ्चार्ज भएका छन्।
यी पनि :
मन्त्री बाँस्कोटा र अर्याल पनि नेकपाका जिल्ला इञ्चार्ज, अरू को-को भए? (सूचीसहित)
नेकपाले तोक्यो ७७ जिल्ला र ६ वटा महानगरको इञ्चार्ज/सह-इञ्चार्ज