नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी छन्।
बुधबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले उनलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे उपस्थित थिए।
राष्ट्रिय सभामा बुधबार भएको मतदानबाट घिमिरे ३९ मत ल्याएर उपाध्यक्ष निर्वाचित भएकी थिइन्। उनलाई एमालेसँगै माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि समर्थन गरेको थियो।