वेस्ट इण्डिज ए विरूद्ध नेपालले तेस्रो विकेट गुमाएको छ।
त्रिवि मैदानमा जितका लागि १७३ रनको लक्ष्य पछ्याउने क्रममा १४ औं ओभरको तेस्रो बलमा ओपनर आशिफ शेख आउट भएका हुन्।
ओबेड मिककोयको बलमा आशिफ म्याथ्यु फोर्डिबाट क्याच आउट हुनुअघि आशिफले अर्धशत पूरा गरे।
आशिफले १३ औं ओभरको पाँचौं बलमा चौका प्रहार गरी ५१ रन बनाएका हुन्।
कुल ३५ बल खेलेका उनले २ चौका र पाँच छक्का हाने।
उनको विकेटपछि कुशल मल्ल मैदानमा आएका छन्।
१४ ओभर सकिँदा नेपालले २ विकेटको क्षतिमा ११२ रन बनाएको छ।