राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइएको बताएका छन्।
काठमाडौंमा बिहीबार आयोजित गंगादेवी थपलियाको जीवन यात्रा लोकार्पण कार्यक्रममा बोल्दै लिङ्देनले पछिल्लो समय राजनीति विकृत भएको बताए।
‘राजनीति पछिल्लो दिनमा एक प्रकारले विकृत जस्तो भएको छ। राजनीति भन्नेबित्तिकै छोराछोरी पाल्ने पेसाजस्तो मानिराखेको बेलामा गंगादेवी त्यस्तो नाम हो जसले राजनीतिलाई पेसा नभई सेवाको रुपमा अवलम्बन गर्नुभयो,’ उनले भने।
लिङदेनले राजनीतिलाई पेसा नभई सेवाको रुपमा अवलम्बन गर्नुपर्ने बताए।
(न्युज एजेन्सी नेपाल)