नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठमा चियापान राखेका छन्।
सभापति देउवाले निवासमै शुक्रबार चियापान राखेका हुन्।
नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदानका लागि सभापतिले चियापान राखेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले सेतोपाटीलाई बताए।
चियापानमा केन्द्रीय सदस्य र सांसदहरुलाई निम्तो छ।
चियापान सुरु भइसकेको पनि उनले जानकारी दिए।