इलाम क्षेत्र नम्बर २ मा आइतबार मतगणना भइरहेको छ।
प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेसका डम्बरबहादुर खड्का अगाडि छन्। उनलाई नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले पछ्याइरहेका छन्।
यो पनि: इलाम-२ प्रारम्भिक मतपरिणाम- कांग्रेसका खड्का अगाडि
प्रारम्भिक मतपरिणामअनुसार इलाम-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले भन्दा स्वतन्त्र उम्मेदवारले बढी मत ल्याएका छन्।
फाकफोकथुम गाउँपालिका वडा नम्बर १ मा खसेको मतगणना गर्दा रास्वपा उम्मेदवार मिलन लिम्बू (घन्टी चिह्न) ले ११५ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बू (मुढा) ले १८७ मत ल्याएका छन्।
निर्वाचन आयोगले अहिलेसम्म वडा नम्बर १ को मात्रै मतपरिणाम सार्वजनिक गरेको छ।
यस्तो छ मत: