नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले विद्यालयसँग गीतसंगीतको रोयल्टी माग गरिनु अव्यवहारिक हुने बताएको छ।
अध्यक्ष दुजाङ शेर्पाले मंगलबार विज्ञप्ति निकालेर सार्वजनिक भइसकेका गीतसंगीत विद्यालय हाताभित्र प्रयोग गर्दा त्यसको रोयल्टी माग गरिनु अव्यवहारिक रहेको उल्लेख गरेका छन्।
शिव म्युजिक प्रालिले स्मल हेभन बोर्डिङ स्कुलसँग गीतसंगीतको रोयल्टी माग गरेको थियो। सार्वजनिक भइसहेका गीतसंगीतको विद्यालयसँग रोयल्टी माग गरे प्रतिवादमा उत्रने नेविसंघले चेतावनी दिएको छ।
![449121232_462650296402229_5827792842511384932_n-1719387764.jpg](https://www.setopati.com/uploads/posts/449121232_462650296402229_5827792842511384932_n-1719387764.jpg)