उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले दुई दलबीच आवश्यक छलफलका लागि संयन्त्र बनाउनुपरेको बताएका छन्।
नेपाली कांग्रेस र नेकपा (एमाले) ले संघ, प्रदेश र स्थानीय तहमा दुई दलका प्रतिनिधि रहेको संयन्त्र बनाइरहेको छ।
विराटनगरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संयन्त्र किन आवश्यक परेको हो भन्ने पत्रकारको प्रश्नमा जबाफ दिएका सिंहले भने, ‘सात बुँदे सहमतिअनुसार यो सरकार बनेको हो, आवश्यक विषयहरूमा छलफल गर्न दुई दलीय संयन्त्र बनाइएको हो। केही विषयमा समझदारी गर्नु परेमा संयन्त्रले काम गर्छ।’
संयन्त्रले सरकारलाई सफल बनाउन र प्रभावकारी बनाउन सहयोग गर्ने पनि उनले बताए।
संविधान संशोधनका विषय पनि सात बुँदे सहमतिमा उल्लेख रहेको बताउँदै यो विषयमा दलहरूबीच छलफल गरेर सदनबाटै प्रक्रिया अघि बढ्ने पनि उनले बताए।
यो पनि: सरकारका काम प्रभावकारी बनाउन कांग्रेस-एमालेले बनाए संयन्त्र