नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दैछ।
सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने तय भएको माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भूसालले जानकारी दिइन्।
बैठकमा विशेषगरी स्थानीय तह उपनिर्वाचनबारे छलफल र निर्णय हुने भूसालले बताइन्।
त्यसका अतिरिक्त केन्द्रीय समिति बैठक तथा स्थगित भएको विद्यार्थी सम्मेलन र समसामयिक राजनीतिक परिवेशमा पनि छलफल हुने भूसालले बताइन्।
'मुख्यतः स्थानीय तह उपनिर्वाचनबारे नै हो,' उनले भनिन्।