नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको पूर्ण सदस्यता आजदेखि वितरण गरिने भएको छ।
तरूण दल केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरूसहित बुधबार बसेको संयुक्त बैठकले फागुन १ गतेदेखि पूर्ण सदस्यता वितरण सुरू गर्ने निर्णय गरेको मुख्यसचिव ठानप्रसाद पोखरेलले जानकारी दिए।
‘तरूण दलको पूर्ण सदस्यता फागुन १ गतेदेखि वितरण गर्न सुरू गर्ने निर्णय भएको छ,’ पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दलको जिल्ला कार्यसमितिबाट नै सदस्यता वितरण गर्ने हो।’
पूर्ण सदस्यता स्वीकृतका लागि लेबीसहित केन्द्रीय कार्यालयमा फागुन २९ गतेभित्रै पठाउन पनि बैठकले आग्रह गरेको छ।
कांग्रेसले तरूण दललगायत भ्रातृ संस्थालाई चैतभित्रै महाधिवेशन गर्न निर्देशन दिएको थियो।
अध्यक्ष विद्वान गुरूङले फास्ट ट्र्याकबाट महाधिवेशनका काम गरिने बताउँदै आएका छन्।
चैत २ र ३ गते केन्द्रीय समिति बैठक गरी अधिवेशनका कार्यतालिका बनाउने निर्णयसमेत बैठकले गरेको केन्द्रीय सदस्य दीपेन्द्र पोख्रेलले जानकारी दिए।
यस्तो छ निर्णय;
![b9ff07c8-28e3-4517-a5f3-4d6b3a9ac662-1739423092.jpg](https://www.setopati.com/uploads/posts/b9ff07c8-28e3-4517-a5f3-4d6b3a9ac662-1739423092.jpg)
![9e2f3b6d-2110-46c5-b3f3-70ee8fea8589-1739423086.jpg](https://www.setopati.com/uploads/posts/9e2f3b6d-2110-46c5-b3f3-70ee8fea8589-1739423086.jpg)