राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को खबरदारी सभा काठमाडौंको बल्खुमा जारी छ।
खबरदारी सभा उल्लेख्य नेता तथा कार्यकर्ता सहाभागी आउने क्रम जारी छ। कार्यक्रमलाई अधिकांश नेताले सम्बोधन गरिसकेका छन्। कार्यक्रम शान्तिपूर्ण र व्यवस्थित होस् भनेर सुरक्षाकर्मीहरू पनि खटिएका छन्। अहिलेसम्म कुनै पनि अनैतिक गतिविधि भने देखिएको छैन।
बल्खुमा जारी खबरदारी सभाबाट चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बल्खुमा राप्रपाको प्रदर्शनबाट घुसपैठ गरेको खोजेको आरोपमा चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
यसैबीच बल्खुका व्यापारीले भने आन्दोलनका कारण अधिकांश पसलका सटरहरू बन्द गरेका छन्। गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको हिस्रंक आन्दोलनको त्रासले उनीहरूले सटर बन्द गरेका हुन्।
तस्बिरहरू:
-1744104820.jpg)
-1744104820.jpg)
-1744104820.jpg)
-1744104818.jpg)
-1744104816.jpg)
-1744104816.jpg)
-1744104818.jpg)
-1744104810.jpg)
-1744104807.jpg)
-1744104807.jpg)
-1744104802.jpg)
-1744104802.jpg)
-1744104802.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी