राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गते तीनकुनेमा प्रहरीलाई गाडीले पेलेर अघि बढेका दुर्गा प्रसाईंलाई त्यही बेला पक्राउ गर्नुपर्ने बताएका छन्।
यो पनि: राजा र गणतन्त्रवादीहरू अटाउने मौलिक व्यवस्था निर्माण गरौं: राजेन्द्र लिङ्देन
बल्खुमा मंगलबार दिउँसो राप्रपाले आयोजना गरेको खबरदारी सभामा बोल्दै अध्यक्ष लिङ्देनले भने, ‘तपाईंले दुर्गा प्रसाईंलाई पक्रन सक्नुहुन्थ्यो। म दुर्गा प्रसाईंलाई पक्रनुपर्थ्यो, पर्दैनथ्यो भनेर उनको विपरीत कुरा गर्न खोजेको होइन। तर तपाईंलाई किचौंला जस्तो गरेर आएको दुर्गा प्रसाईंलाई तपाईंले पक्रन सक्नुहुन्थ्यो।’
पुलिसको फन्दाभित्र परेको दुर्गा प्रसाईंलाई निकालेर पठाएर प्रहरीले मञ्चमा भाषण गरिराखेका नेताहरूलाई अश्रुग्यास हानेको पनि अध्यक्ष लिङ्देनले बताए।
यो पनि: तीनकुनेमा प्रहरीको भिडलाई पेलेर गाडी हुइँक्याए दुर्गा प्रसाईंले (भिडिओ)