उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडलेलले विगतका सरकारले बजेटले धान्नै नसक्ने गरी योजनाहरूको चाङ बनाएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडैलले बजेटमा विगतका सरकारले खनेको खाल्डो वर्तमान सरकारले पुर्नेगरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको बताएका हुन्।
चालु आर्थिक वर्षमा ६ हजार योजनमा सात हजार योजना थप गरी खाल्डो खनेको उनले बताए।
अर्थमन्त्री पौडेलले परिलक्षित योजनाहरु कार्यान्वन गर्न संविधानको सीमाभित्र रहेर काम गर्नुपर्ने पनि बताए।
संघ, प्रदेश,पालिकाको अधिकार संविधानले लेखिदिएको र अझै अलमल होला भनेर कार्य विस्तृतिकरण प्रतिवेदन समेत पास गरिएको उनले बताए।
'तर अभ्यास के छ भने संघले गर्ने कार्याक्रम संघका मात्रै छैनन्, प्रदेश र पालिकाले गर्ने योजना अत्यधिक छ र संघीय सरकारले गर्ने कार्यक्रम न्युन छन्। कयौँ त पालिकाले नगरेर उपभोक्ता समितिले गर्ने छन्। आमा समूह, वन उपभोक्त समूहहरु आदि यी सबै गफ जस्तो भएको छ। त्यसकारण हामीले सबै भन्दा पहिला संविधानबाट निर्देशित हुन र संविधानको सीमाभित्र बस्न तयार हुनुर्पछ,' उनले भने।
अर्थमन्त्री पौडेलले पुँजीगत खर्च र राजश्वमा सन्तुलन नभएको बताए।
‘न्यून विनियोजन अर्को समस्या छ। बजेट बनाउँदा राजश्वले साधारण खर्च धानेको देखिनुपर्छ। साधारण खर्च जहाँ जति आवश्यक पर्ने हो त्यो भन्दा कम लोड गरेर देखाउने? राजश्वले साधारण खर्च धान्छ भन्ने देखाउनका लागि अनिवार्य दायित्व छ सेना, प्रहरी,कर्मचारीको तलब कटौती गर्न सक्नुहुन्न, उनीहरुको रासनभत्ता कटौती गर्न सक्नुहुन्न तर त्यहाँ पनि डाउन साइज एलोकेसन गरेर पुँजी र राजश्वको बीचमा सन्तुलन छ भने त्यस्तो पनि हामीले भन्ने खालका अभ्यास पनि हामीले गरेका छौं। हामी समस्याको चाङमा छौं। यो ठाउँबाट अगाडि बढ्नुछ,' उनले भने। -न्युज एजेन्सी नेपाल