भिजिट भिसा प्रकरणले प्रतिनिधि सभाको मंगलबारको बैठक प्रभावित भएको छ।
यस प्रकरणमा गृहमन्त्री पनि संलग्न रहेको हुन सक्ने भन्दै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र रास्वपा सांसदहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन्।
माओवादी सांसद वर्षमान पुनले गृहमन्त्रीले मार्गप्रशस्त गरेर निष्पक्ष छानबिनलाई सहयोग पुर्याउनुपर्ने बताए भने रास्वपा सांसद शिशिर खनालले गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन आयोग गठनको माग गरे।
सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सांसद श्याम घिमिरेलाई बोल्न समय दिँदा भने प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाए, रास्वपा सांसदहरूले नाराबाजी गरे।
सभामुख घिमिरेले आधा घन्टाका लागि बैठक स्थगित गरेका छन्।
भिडिओ: