आधा घन्टाका लागि भनेर मंगलबार मध्याह्न स्थगित प्रतिनिधि सभा बैठक अहिलेसम्म बस्न सकेको छैन।
गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले बैठक अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घन्टाका लागि बैठक स्थगित गरेका थिए।
तर दिउँसो दुई बजेसम्म पनि बैठक बस्न सकेन। संघीय संसद सचिवालयले सूचना टाँसेर साढे २ बजेसम्मका लागि बैठक स्थगित गरेको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादी, रास्वपा, राप्रपालगायत प्रतिपक्षी दलहरूको माग छ।