गोरखाको भिमसेन थापा गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गरिएको छ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले मंगलबार भवन उद्घाटन गरेका हुन्।
सो अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्ण धिताल र प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाई लगायतको उपस्थिति थियो।
तीन करोड ४० लाख ५२ हजार रुपैयाँ लगानीमा २० कोठे भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।