सभामुख देवराज घिमिरेले सदनको गतिरोध अन्त्य गर्न पहल गरेका छन्।
सभामुख घिमिरेले मंगलबारको प्रतिनिधि सभा बैठकअघि प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेसँग कुराकानी गरेको सभामुखको सचिवालयले जनाएको छ।
साथै सभामुख घिमिरेले नेपाली कांग्रेस र नेकपा (एमाले) का प्रमुख सचेतकहरूसँग पनि कुराकानी गरिरहेका छन्।
प्रतिनिधि सभा बैठक बिहान ११ बजेका लागि बोलाइएको भए पनि उक्त समयमा बैठक बस्न सकेको छैन।
प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिरहेका छन् भने सत्तापक्ष भने यस विषयमा गृहमन्त्रीले सदनमा जबाफ दिन पाउनुपर्ने बताइरहेका छन्।
यो पनि: संसद बैठकअघि छलफलमा जुटे विपक्षी दलहरू