प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहिलो बडिबिल्डर धर्मभक्त माथेमा भएको दाबी गरेका छन्।
शनिबार नेकपा एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित तुल्सीलाल अमात्यको २८ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले राजा त्रिभूवनलाई बडिबिल्डिङ सिकाउने गुरु धर्मभक्त माथेमा भएको बताए। त्यसअघि आधिकारिक रूपमा नेपालमा बडिबिल्डरको अर्को व्यक्तिको नाम नरहेको बताए।
'नेपालको इतिहासमा अर्को बडिबिल्डर पाइँदैन। उहाँ नै पहिलो बडिबिल्डर हो। कुस्तीबाज त तराईमा प्रचलन थियो। तर दरबारमा पहिलो बडिबिल्डरको रूपमा उहाँ हुनुहुन्थ्यो। कुस्ती र बडिबिल्डर्स एउटै होइन। पहिलो मानव अधिकार संस्थाको संस्थापक गंगालाल हुनुहुन्थ्यो। पहिलो मानव अधिकारसम्बन्धी भाषण गर्ने गंगालाल हुनुहुन्थ्यो,' उनले भने।
प्रधानमन्त्री ओलीले गंगालालले ०९७ सालमा प्रजातन्त्र चाहिन्छ भन्ने भाषण गरेपछि भूमिगत भएको बताए। —न्युज एजेन्सी नेपाल