नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोधमा दाङमा चक्का जाम गरेको छ।
मूल्य वृद्धि फिर्ता लिन माग गर्दै तुलसीपुर–घोराही सडक खण्डको विजौरीमा नेविसंघले आइतबार बेलुका ५ बजेदेखि ६ बजेसम्म एक घन्टा चक्का जाम गर्ने जिल्ला कोषाध्यक्ष अरुण लहरेले जानकारी दिए।
चक्का जाम कार्यक्रममा स्थानीय कांग्रेसका नेता कार्यकर्ताको पनि सहभागिता छ।
यसैबीच नेविसंघ दाङले सोमबार बेलुका ५ बजेदेखि ६ बजेसम्म तुलसीपुरमा चक्का जाम गर्ने जानकारी दिएको छ।
पछिल्लो समय उपभोक्ताको ढाड सेक्नेगरी चर्काे मूल्य वृद्धि गरेको विरोधमा आफूहरू सडकमा उत्रन बाध्य भएको नेविसंघका सह–सचिव जितेन्द्र प्रकाश वलीले बताए ।