दाङस्थित राप्ती नदीमा डुबेर शनिबार एकजना बालकको मृत्यु भएको छ।
राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानी निवासी १२ वर्षीय बालक हरिश बुढा क्षेत्रीको राप्ती नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख रामप्रसाद धर्तीले जानकारी दिए।
डिएसपी घर्तीका अनुसार मध्यान्ह १२ : २० बजेतिर साथीहरूसँग नुहाउन भनी गएका बुढा क्षेत्री नुहाउँदै गर्दा राप्ती नदीमा डुबेका हुन्।
डुबेर गम्भीर अवस्थामा उद्धार गरिएका बुढा क्षेत्रीलाई उपचारको लागि बुटवलतर्फ लैजाँदै गर्दा शनिबार दिउँसो साढे ३ बजेतिर बाटो मै मृत्यु भएको डिएसपी घर्तीले जानकारी दिए।
राप्ती नदीमा नुहाउने क्रममा वैशाख यता मात्रै झन्डै आधा दर्जन जति महिला तथा बालबालिकाको डुबेर मृत्यु भइसकेको प्रहरीले बताएको छ।