जिल्ला प्रहरी कार्यालय प्यूठानले ट्याङ्करसहित डिजेल चोरी गरेर बिक्रि गरेको अभियोगमा एक जना व्यक्तिलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले अरुको ट्याङकरसहित डिजेर चोरी गर्ने बैतडी जिल्लाको दशरथ चन्द नगरपालिका वडा नं. १० निवासी श्याम लावड पक्राउ परेको जानकरी दिएका छन्।
लावडले बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ निवासी गंगादत्त बडुको ना ७ ख २८१३ नम्वरको ट्यांकर आफैं चलाएर असार १० गतेका दिन प्यूठान जिल्लामा पुर्याई विभिन्न पेट्रोलपम्पहरूका विक्रि गरेको खुल्न आएको जिल्ला प्रहरी प्रवक्ता पौडेलले बताए ।
श्याम लावडले ट्याङ्करसहितको डिजेल चोरी गरेर प्यूठानका विभिन्न पेट्रोल पम्पहरुमा बिक्रि वितरण गरेको अभियोग स्वीकार गरिसकेको प्रहरीको दाबी छ। उक्त ट्यांकरमा २० हजार लिटर डिजल ल्याएर उनले प्यूठानको योगी ब्रर्दश पेट्रोल पम्पमा ७ हजार ९ सय ८५ लिटर दिए पनि उक्त तेल मापन गर्दा ३ सय २८ लिटर कम भएपछि चोरीको तथ्य पत्ता लागेको थियो।
चालक लावडलाई कसरी तेल कम भयो भनि सोधपुछ गर्दा उनले आफुले चलाउने ना. ७ ख २८३१ नम्बरको ट्याँकरको सर्भिस ट्यांकीमा चोरी गरेर राखेको र प्यूठानमा लागि बिक्रि गरेको स्वीकार गरेको प्रहरी प्रवक्ता देवीप्रशाद पौडेलले जानकारी दिए ।
अभियुक्त लावडलाई पक्राउ गरि मुलुकी ऐन चोरीको महल बमोजिम अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।