तुलसीपुर उपमहानगरपालिकालाई माघ १ गतेदेखि प्लाष्टिक झोलामुक्त उपमहानगर घोषणा गरिएको छ। उपमहानगरलाई वातावरणमैत्री नगर बनाउनका उक्त घोषणा गरिएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिएका हुन्।
प्लाष्टिकले वातावरण प्रदुषण हुनुका साथै मानव स्वास्थ्यमा पनि गम्भीर असर पार्ने हुँदा नगरलाई प्लाष्टिक झोलामुक्त घोषणा गरिएको उनले बताए।
२० माइक्रोनभन्दा कम तौल भएको प्लाष्टिकको झोला पहिलो चरणमा बन्देज गरिएको जानकारी दिए। उनले अबदेखि बजारमा प्लाष्टिकका गिलास, थाल, प्लेट र कचौरा समेत बन्देज गरिएको जानकारी दिए।
तुलसीपुर उपमहानगरपालिकालाई हरित नगरका रूपमा विकास गर्न उक्त प्रयास थालिएको पाण्डेले जानकारी दिए।